काठमाडौँ, २१ पौष । काठमाडौँको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष थापा मगर र बालाजुबाट दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका काठमाण्डौ रानीवन बस्ने रोशन लामिछानेलाई पक्राउ गरेको हो । आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो…