आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौँ, २९ साउन । नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । आज घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ । मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने…