कञ्चनपुर, २१ पौष । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका गोली चल्दा दोधार चाँदनी नगरपालिका-१ का स्थानीय नरेश सुनार घाइते हुनु भएकाे हाे । उनको खुट्टामा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । घटनाको अनुसन्धानका लागि…