काठमाडौँ, २१ मंसिर । बुटवलमा प्रहरीको पेस्तोल खोसेर गैंडाको खाग तस्करले गोली चलाएको छ । तस्करले चलाएको गोली लागेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको…