प्रहरी भन्दै मोबाइल तथा नगद लिने दुई जना पक्राउ

जनकपुरधाम, ७ कार्तिक । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् । प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको बताउँदै मटिहानी…