ललितपुरका यी ठाउँमा विद्युत् आपूर्ति बन्द

ललितपुर, २२ असोज । ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसोदेखि बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाले दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने…