होम आइसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु

राटनगर, १५ असोज । कोरोना संक्रमण पुष्टि भएपछि घरमै बसेकी मोरङ उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमा बसेकी थिइन् । उनको बिहीबार बिहान मृत्यु भएको हो ।