जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल, २७ जेठ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहान भूमिकास्थान नगरपालिका ९ तारिकेमा लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५० मिटर तल खसेको र…