विराटनगर, २१ जेठ । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने अर्का एकजना घाइते छन् । विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ ।…