चितवनमा १८ महिने बालकसहित १२ जनामा कोरोना पुष्टि

चितवन, २४ भदौ । चितवनमा १८ महिनाको बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार भदौ २३ गते २५७ नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ ।…