करेन्ट लागेर दुई जनाको मृत्यु

चितवन, १५ भदौ । चितवनमा माछापोखरी छेउमा राखिएको तारमा करेन्ट लागेर दुईजना युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगरको मृत्यु भएको हो…