काठमाडौँ, ११ भदौ । महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका प्रहरीलाई महाराजगञ्ज स्थित प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको जनाइएको छ । पूर्वबाट तालिम सकेर फर्केका ४ जना प्रहरी सहायक निरीक्षक (असई)को पीसीआर जाँच गर्दा कोरोना देखिएपछि उनीहरुसँग ब्यारेक सेयर गरेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो…