भारतबाट आएका १२ जनामा कोरोना पुष्टि

धनगढी, १७ चैत । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा…