पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा

काठमाडौँ, १७ कार्तिक । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।