काठमाडौँ, १६ कार्तिक । मकवानपुरको हेटौँडा– काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा हिजो बेलुकादेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा र हेटौँडाबाट काठमाडौँ आउनेजाने गाडी बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाउन समन्वय भइरहेको तर अहिलेसम्म काम शुरु भएको…