काठमाडौँका तीन कोरोना संक्रमित : एक व्यापारी, एक ज्योतिष र अर्का एक बिरामी बोक्ने चालक

काठमाडौँ, १२ जेठ । काठमाडौँमा तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमा पसल गर्ने व्यापारी, अर्का एकजना ज्यातिष र अर्का व्यक्ति बिरामी बोक्ने गाडीका चालक रहेको बुझिएको छ । काठमाडौँको टोखा नगरपालिका–३ र ६ मा २ जना बूढानिलकण्ठ नगरपालिका–३ मा एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु २७, ४१ र ३७ वर्षका भएको मन्त्रालयले जनाएको छ…