मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

सुनसरी, २९ माघ । सुनसरीमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१८ स्थित घोपा अस्पतालको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को. ३५ प १२८९ नम्बरको मोटरसाइकल चोरी गर्ने रामधुनी नगरपालिका–१ का १९ वर्षीय आकाश चौधरी र १९ वर्षीय अनिमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले…