आफ्नै साथीको हत्या गर्ने चार जना पक्राउ

काठमाडौँ, १९ जेठ । दाङको तुलसीपुरमा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफ्नै साथीले हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुले मदिरा सेवन गरी राती साथीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले संलग्नलाई घटना भएको ५ घण्टामै पक्राउ गरेको थियो…