काठमाडौँ, २२ चैत । सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले…