तरकारीमा खानै नहुने विषादीको मात्रा भेटियो

काठमाडौँ, २८ माघ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को तुलनामा चालू आर्थिक वर्ष…