काठमाडौँ, २४ असोज । बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेकोले उक्त निम्न चापिय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आँशिक बदली रहने…