काठमाडौँ, २७ माघ । वैदेशिक रोजगारीमा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई बिदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा भक्तपुरबाटै पक्राउ गरेको छ । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर आठ लाख रुपैयाँ लिएको खुल्न आएको छ…