काठमाडौँ, १६ पौष । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको हो । खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले…