किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

काठमाडौँ, १९ असार । तनहु जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालयले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण  गरेको छ ।  उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो,…