काठमाडौ २४,मंसिर ।दक्षिण एसियाली खेलकुद साग फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता…