लागू औषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौ‌ँ, २३ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित ३१ बर्षीय चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । काठमाडौ‌ँको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको…