काठमाडौँ, ८ भदौ । हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको रबंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आज दिउँसोको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…