काठमाडौँ, २४ मंसिर । इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनुका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ । नेपालकै लोपोन्मुख जातिको सूचीमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाएर कालोमोसो दलेपछि गाउँसमेत परिक्रममा गराएका थिए । वडा भवनको कार्यालय सार्ने विषयमा बिवाद भएपछि चेपाङलाई बोक्सोको…