मुगु, २१ मंसिर । नेपाल टेलिकमले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा फोरजी सेवा सुरु गरेको हो । नेपाल टेलिकमका बरिष्ठ ईन्जिनियर प्रेमबहादुर क्षेत्रीका अनुसार बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो । रारासँगै अब जुम्ला, मुगु र कालिकोटमा…