काठमाडौँ, ११ पौष । काठमाडौँमा मोडलिङ गर्ने भन्दै एक युवतीलाई ललाईफकाई विराटनगर पुर्याई तान्त्रिक पुजा गराउने वहानामा मानव वेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती हुप्सेकोट-१ बस्ने २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका-१४ बस्ने ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका-१० बस्ने २४…