पहिरोले पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौँ, १७ असार । पहिरोले पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार रसुवा गोसाइकुण्ड गाउँपालिका–५ सानो भार्कुस्थित पासाङ ल्हामु सडकखण्डमा सडक पहिरोले अवरुद्ध भएको हो ।  आज बिहान ५ः४० बजे अविरल वर्षाको कारण माथिबाट आएको पहिरोले सडक पुरेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।