बझाङ, २५ कार्तिक । बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको खसेर लडेर मृत्यु भएको छ । बुङगल नगरपालिका(५ की ३२ वर्षीया अन्जना धामीको खर काटने क्रममा वीरेखोला, किलाहाल्ले भिरबाट लडेर मृत्यु भएको हो । काट्न गएकी उनी साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।