काठमाडौँ, १९ असोज । नेपालीहरुको महान् चाड विजय दशमी (दशैँ) मनाउन करिव २४ लाख भन्दा बढीले काठमाडौँ, उपत्यका छोडेसँगै चहलपहल घटेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार सबैभन्दा धेरै तीन लाख ४५ हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै ५४ हजार आठ सय गाडी बाहिरिएका छन् । अहिलेसम्म दशैँ मान्नका लागि…