काठमाडौँ, ४ असोज । काठमाडौँ लगायत देशभर आज शनिबार बिहानको मौसम सफा रहेपनि रातिदेखि फेरि धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहे पनि गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने महाशाखाले जनाएको छ ।…