काठमाडौँ, ३१ भदौ । नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ । हरेक १० वर्षमा गरिँदै आएको जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने तय भएको छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय गरी केन्द्रीय तथ्याङ्क विभागले तयारी थालेको छ । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा सही…