चितवन, २९ भदौ । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । शनिबार राति राप्ती नगरपालिका-४ मार्तल पुलमा युपी २१ सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्ती नगरपालिका-६ का २५ वर्षीय सरोज तामाङको मृत्यु भएको हो…