मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

काठमाडौँ, २ भदौ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । प्रहरीका अनुसार आज बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो । दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए…