भक्तपुर, ४ कार्तिक । सूर्यविनायक नगरपालिका १ सिरुटारमा संचालित सिरुटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १८ वर्षपछि आर्थिक प्रतिवेदन विना आज अधिवेशन सम्पन्न भएको हो । २०५२ सालमा स्थापना भई हाल १२ सय घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारण सभा नगरेको, अडिट नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको…