भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा एक जना पक्राउ

सिन्धुली, २० चैत । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बुधबार प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका–६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको  हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।