काठमाडौँ, ३० असार । देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ । वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने…