एकताको बाँकी काम टुंगाउन आज नेकपाको बैठक बस्दै

काठमाडौ, २ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटार बिहान ९ बजे बस्ने बैठकले एकता प्रक्रियाका बाँकी काम टुंग्याउन सक्ने बताइएको छ । नेकपाले जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम भने बाँकी छ । त्यस्तै, पोलिटब्युरो गठन पनि गर्न बाँकी छ…