धनकुटा, १५ बैशाख । धनकुटाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले कोदालाले हिर्काएर बुवाको हत्या गरेका छन् । शनिबार राति विवाद हुँदा १४ वर्षीय विज्ञान राईले कोदालाको पासोले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै मुत्यु भएको प्रहरीले जनाएको छ । इन्द्रबहादुरको शव पोष्टमार्टमका जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे…