करेन्ट लागेर काभ्रेमा १ जनाको मृत्यु

काभ्रे, १४ वैशाख । घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा काभ्रेमा १ जनाको ज्यान गएको छ । बनेपा–७, धनेश्वरमा शुक्रबार राति घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा सुनकोसी–५, सिन्धुलीका ४० वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । रुपबहादुर आलेमगरको घरमा शुक्रबार राति ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएर लागेको करेन्टबाट तामाङको मृत्यु भएको…