ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

सर्लाही, २४ मंसिर । सर्लाहीमा ट्याक्टरले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सोमबार राति मलंगवामा ज १ त २६६६ नम्बरको ट्रयाक्टरले  बिआर ३० आर ४९४१ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा चक्रघट्टा गाउँपालिका-९ का जबाहर रायको २७ वर्षीया श्रीमती संगीतादेवि रायको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात…