छोराको कुटपिटबाट आमा घाइते

काठमाडौं, २८ फागुन । काठमाडौं कंलकीमा छोराको कुटपिटबाट आमा घाइते भएकी छन् । गएराति ४८ वर्षीया लक्ष्मी मानन्धरलाई उनकै छोरा २८ वर्षीय ईश्वर मानन्धरले कुटपिट गरि घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटपछि घाइते भएकी मानन्धरको कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । आमालाई कुटपिटगरि फरार भएका ईश्वरको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।