काठमाडौं, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । विराटनगरको श्री अस्पतालमा उपचारको क्रममा पोखरेलको आइतबार बिहान साढे एकबजे ८६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो…