ललितपुर, १० फागुन । ललितपुरको नख्खुमा स्थित एनसिएलको कार्यालयमा विस्फोट भएको छ । शुक्रबार राति ८ बजे एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको प्रहरीले बताएको छ । बिस्फोटबाट वरिपरीका घरहरूमा क्षति पुगेको र ३ जना घाइते भएको बुझिएको छ । बम कस्ले र किन राखेको भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताइएको छ ।…