काठमाडौं, ८ फागुन । काठमाडौंको नागार्जुन नगरपालिका-५, स्वयम्भूबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी नेतृत्वको प्रहरी टोलीले स्थानीय इन्द्रबहादुर पुतुवारलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनले लागूऔषध दुव्र्यसनीहरुलाई गाँजाको स-सानो पोका बनाएर खुद्रामा विक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । घटनाको विषयमा थप…