दाङ, ६ माघ । दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई हिजो साँझ ६ बजे पक्राउ गरि आज सार्वजनिक गरेको हो । पक्राउ परेका रासकोटीबाट भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थान समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई…