भदौ २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालय प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्तर्गत भदौ १७ गतेको शिक्षाका अधार र १९ गतेको भएको साइकोलोजी विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले आफूले गल्ती गरेको स्वीकार गर्दै बुधबार राजीनामा दिएका हुन्…